नेप्से परिसूचक र कारोबार रकम दुबै घटे
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १५.६२ अंकले घटेर १ हजार ९ सय ५८.७५ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.७९ प्रतिशतले घटेको हो । आइतबार २४ अंकले घटेको नेप्से सोमबार पनि दोहोरो अंकले घटेको हो ।
नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य घटेको छ । उक्त दिन ४८ हजार ७ सय ९ पटकको कारोबारबाट ६९ लाख ७८ हजार ३ सय २१ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा करिब २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै १ अर्ब रुपैयाँ कम हो । गत आइतबार ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये ६२ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७७ वटाको घट्यो र बाँकी ६ वटाको स्थिर रहयो । पछिल्ला दिनहरुमा हरेक दिनजसो नेप्से घटिरहेको छ । ब्याजदर घटिरहेको र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको बेला सेयर बजार बढ्ने आम लगानीकर्ताको अपेक्षा विपरित नेप्से घटिरहेको लगानीकर्ता निराश छन् ।
प्रकाशित : वैशाख २४, २०८१ १५:१८