१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

एसियाली विकास कोषमा थप ५ अर्ब डलर

काठमाडौँ — दाता र एसियाली विकास बैंक (एडीबी) ले एडीबीको एसियाली विकास कोष (एडीएफ)–१४ र प्राविधिक सहायता विशेष कोष–८ का लागि थप ५ अर्ब डलर दिने प्रतिबद्धता गरेको छ । एडीबीको ५७ वार्षिक बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो । 

एसियाली विकास कोषमा थप ५ अर्ब डलर

गरिब र कमजोर विकासशील सदस्य राष्ट्रहरूमा एडीएफ १४ कार्यक्रम सञ्चालनका लागि एडीबीको अनुदान सबैभन्दा ठूलो स्रोत रहेको जनाइएको छ । हरेक ४ वर्षमा एसियाली विकास कोष (एडीएफ) पुनः पूर्ति गरिनेसमेत एडीबीले बताएको छ । एडीएफ १३ मा उपलब्ध ४.१ अर्ब डलरभन्दा एडीएफ–१४ मा करिब २२ प्रतिशत बढी रहेको एडीबीको भनाइ छ । योग्य एसियाली विकास बैंकका सदस्यहरूलाई एडीएफ–१४ को अनुदानको ठूलो मात्रा प्रदान गरिनेछ । प्राविधिक सहायता विशेष कोष ८ ले अनुदानसँगै परियोजना तयार गर्न, क्षमता अभिवृद्धि गर्न र प्राविधिक वा नीति सल्लाह दिनेछ ।

एडीएफ १४ ले विशेष गरी जोखिममा रहेका साना टापु तथा विकासशील राष्ट्रहरूलाई विशेष गरी जलवायु परिवर्तनका लागि नाजुक र द्वन्द्व प्रभावित अवस्थाका देशहरूलाई समर्पित सहायतालाई प्राथमिकता दिनेछ ।

साथै एडीएफ १४ ले जलवायु परिवर्तन अनुकूलन र प्रकोप जोखिम न्यूनीकरणलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

आर्मेनिया र जर्जियासहित दाताहरूबाट एडीएफ १४ को कोषमा कुल २.५ अर्ब डलर वा ५१ प्रतिशत योगदान एडीबीले जनाएको छ । एडीएफमा उल्लेखनीय आय स्थानान्तरण हुने एडीबीको भनाइ छ । एडीएफ १३ मा १.२ अर्ब डलरभन्दा कम थियो भने एडीएफ १४ मा १.६ अर्ब डलर योगदान एडीबीको हुने जनाइएको छ । बाँकी ०.९ अर्ब डलर अघिल्लो एडीएफबाट स्थानान्तरण र तरलता लगानीबाट ल्याइने एडीबीले बताएको छ । एडीएफ १४ मा १६.७ अर्ब डलर सहुलियतपूर्ण ऋण दिइनेछ भने चुक्ता अवधिसमेत धेरै हुने एडीबीले जनाएको छ । एडीबीले दाताको सहयोगमा प्रत्येक १ डलरका लागि ८ डलरभन्दा बढी अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

प्रकाशित : वैशाख २७, २०८१ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?