१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

साढे ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.६३  अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२८ प्रतिशतले बढी हो । यो साता भएका पाँच कारोबार दिनमध्ये तीन दिन नेप्से घट्यो भने दुई दिन बढ्यो ।

साढे ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

घटेको दिनमा नेप्से प्रायः दोहोरो अंकले ओरालो लागेको छ भने बढ्दा झिनो अंकले बढ्ने गरेको छ । यसले समग्रमा नेप्से बढ्न नसकेको देखिन्छ ।

बिहीबार कारोबारमा आएकामध्ये १ सय १५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १५ वटाको घट्यो र बाँकी १४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि बिहीबार कारोबार रकम पनि बढेको छ । उक्त दिन ४९ हजार ३ सय ३२ पटकको कारोबारबाट ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । गत बुधबार २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : वैशाख २७, २०८१ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?