बालिका जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ
काठमाडौँ — प्रहरीले बालिकालाई ललाई फकाई र डरत्रास देखाई जबर्जस्ती करणी गरेको आरोप लागेका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१६ सिरवानी बस्ने सन्तोष राई हुन् । प्रहरीका अनुसार राईले २०८१ साल वैशाख १ गते राती बालिकालाई टहरामा लगेर जबर्जस्ती गरेर फरार भएका थिए ।
राईलाई वैशाख १४ गते उदयपुर त्रियुगा नगरपालिका– १६ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको समन्वयमा पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो । राईलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्यादथप गरी प्रहरी वृत्त चापागााउँबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रकाशित : वैशाख १७, २०८१ २०:४२प्रतिक्रिया