कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

रासस

काठमाडौँ — प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।


निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठेपछि निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।


बैठकमा निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले अन्य विषय छलफलका लागि तुरुन्तै अर्को बैठक बोलाइने बताइएको छ ।


निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बस्न लागेको हो ।

प्रकाशित : माघ ४, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?