कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

माओवादी अध्यक्ष दाहालसंगको भेटघाट अब पेरिसडाँडामा मात्र 

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएको छ । 

माओवादी अध्यक्ष दाहालसंगको भेटघाट अब पेरिसडाँडामा मात्र 

दाहालका प्रेस संयोजक मनोहरी तिमिल्सिनाका अनुसार भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाट कार्यक्रम पार्टी कार्यालयबाट गर्न लागिएको हो । सचिवालयलाई उदृत गर्दै दिइएको जानकारी अनुसार दाहालले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटारस्थित निवासमा भेट्न पाउने छैनन् ।


पार्टी कार्यालयबाटै भेटघाट गर्दा समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले सचिवालयसंगको परामर्शमा उक्त निर्णय लिएको बताइएको छ ।


प्रकाशित : माघ ४, २०७४ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?