२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

निर्वाचनमा पराजयको कारण खोज्न सानेपामा कांग्रेस बैठक

काठमाडौँ — निर्वाचनमा पराजयको कारण केलाउन शुक्रबारदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएकाे छ। निर्वाचनको तीन महिनापछि समीक्षा गर्न भन्दै कांग्रेसको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

निर्वाचनमा पराजयको कारण खोज्न सानेपामा कांग्रेस बैठक

बैठक केन्द्रदेखि प्रदेशसम्मै पार्टी एक चौथाइभन्दा कमको प्रतिपक्षमा खुम्चिनुको एजेन्डामा केन्द्रित रहेको नेपाली कांग्रेसले जनाएको छ । समीक्षा बैठक बोलाउन नेता रामचन्द्र पौडेल पक्ष र केही युवा नेताले तारन्तर माग गरिरहेका थिए ।

राष्ट्रिय सभा निर्वाचन, केन्द्रदेखि प्रदेशसम्मका सरकार निर्माण, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख/उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष निर्वाचनको कारण देखाउँदै नेतृत्वले बैठक बोलाउन ढिलाइ गर्दै आएको थियो । निर्वाचन परिणामलाई लिएर संस्थापन र अर्को पक्षबीच ध्रुवीकरण सुरु भएको छ । अब कसरी अघि बढ्ने भन्नेमा दुवैका आ–आफ्नै रणनीति र योजना छन् ।

प्रकाशित : चैत्र ९, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?