कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बनाइँदैछ मेलम्ची आयोजनाको सुरुङ [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — हरेक पटक खानेपानी मन्त्री फेरिँदा तत्काल मेलम्ची आयोजना सम्पन्न गराउने र काठमाडौंमा पानी भित्र्याउने प्रतिबद्धता जनाउने गरेका छन् । मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएकोले पनि यसलाई नयाँ मन्त्रीहरुले प्राथमिकता दिएका हुन् । तर, मन्त्रीले घोषणा गरिरहे पनि वर्षौदेखिको यो आयोजनाले पूर्णता पाउन सकेको छैन ।

यसपटक खानेपानी तथा सरसफाई मन्त्री विना मगरले पनि दसैंअघि नै राजधानीवासीलाई पानी पुर्‍याउने लक्ष्यका साथ काम अघि बढेको बताएकी छन् । सिन्धु-ग्याल्थुङ भागको करिब १५० मिटर सुरुङ 'ब्रेक थ्रु' हुन अझै बाँकी रहेको छ । आयोजना निर्माण भइसकेपछि उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी आयत हुनेछ । विश्व पानी दिवसको अवसरमा बुधबार कान्तिपुरका फोटो पत्रकार हेमन्त श्रेष्ठले मेलम्चीको पानी आयत हुने टनेलको सुन्दरीजलपट्टिको भागको तस्बिर खिचेका थिए ।

प्रकाशित : चैत्र ९, २०७४ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्