१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सिन्धुपाल्चाेकमा बस दुर्घटना, ३ जनाको मृत्यु 

अनिश तिवारी

सिन्धुपाल्चोक — काठमाडौंबाट भोटेनाम्लाङ जाने गरेको बा २ ख ४३३५ नम्बरको बस शुक्रबार मेलम्ची नगरको चारघरेमा दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

सिन्धुपाल्चाेकमा बस दुर्घटना, ३ जनाको मृत्यु 

आमा हेल्मो यातायातको सो बसमा ३० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।


आहिलेसम्म मृतकमा मेलम्ची नगरपालिका शिखरपुरका ४४ वर्षका चन्द्रबहादुर देउजा मात्रै सनाखत भएको छ । एक पुरुष र महिलाको नाम खुल्न भने सकेको छैन् ।

क्षतिग्रस्त बसमा च्यापिएकालाई प्रहरी र सेनाले उद्धार गरिरहेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले बताए । ‘१३ जना घाइतेलाई राजधानीको विभिन्न अस्पतालमा लगिएको छ,’उनले भने, 'बस सडकबाट ५० मिटर तल खसेको छ ।’

प्रकाशित : चैत्र ९, २०७४ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?