कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राष्ट्रपतिद्वारा संस्थागत गरिमा कायम राख्न बारलाई सुझाव 

ठाकुरसिंह थारु

नेपालगन्ज — राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाल बार एशोसिएसनले लोकतान्त्रिक प्रक्रियाका लागि अहम् भूमिका निर्वाह गरेको भन्दै संस्थागत गरिमा कायम राख्न सुझाव दिएकी छन् । 

राष्ट्रपतिद्वारा संस्थागत गरिमा कायम राख्न बारलाई सुझाव 

शुक्रबार नेपाल बार एशोसिएसनको १४ आंै केन्द्रीय राष्ट्रिय सभाको नेपालगञ्जमा उद्घाटन गर्दै उनले कानुनको सर्वोच्चताका लागि क्रियाशील रहन आग्रह गरेकी छन् । ‘पछिल्लो समय लोकतन्त्रमा आएको खतरालाई सडकबाट समेत चुनौती दिएर लोकतन्त्रको रक्षा गर्ने नेपाल बारको प्रशंसा गर्न चाहन्छु । कानुन व्यवसायीहरु सम्मेलनमा सहभागि भइरहँदा विगतमा निर्वाह गरेको भूमिकालाई समिक्षा गर्दै संस्थाको गरिमामय कायम राख्न सबैको ध्यान केन्द्रीत होस् भन्न चाहन्छु,’ उनले भने, ‘संविधानको सर्वोच्चता, कानुनको शासन, लोकतन्त्र र मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि यहाँहरुलाई सफलता मिल्नेमा अपेक्षा गरेकी छु ।’


राष्ट्रपति भण्डारीले कानुन व्यवसायीहरु सचेत, जागरुक र प्रगतिशिल अभियन्ता रहेको भन्दै मुलुकको राजनीतिक, आर्थिक भूमिकालाई प्रभावकारी तुल्याउँदै संविधानले मार्ग निर्देशन गरेको मुलुकमा नागरिक स्वतन्त्रता, सामाजिक न्याय, समावेशिता कायम गर्न सहयोग गर्न आग्रह गरेका छन् । नेपालगन्जमा जारी सम्मेलनमा मुलुकभरीका तीन हजार बढी कानुन व्यवसायीहरु सहभागी छन् । सम्मेलनमा सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दिपकराज जोशी, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल, बारका पुर्व अध्यक्षहरुले सम्वोधन गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७४ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?