१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मजदुर : पूर्व–पश्चिम जोड्ने एउटा आधार

आनन्द गौतम

ताप्लेजुङ — पूर्वी नेपालका पहाडी जिल्लाको पूर्वाधार निर्माणको काम पश्चिम नेपालका मजदुरको भरमा चलेको छ । सडक, बिद्युत आयोजना जस्ता ठुला पूर्वाधारको काममा पश्चिम नेपालका मजदुर सकृय रहेका छन् ।

मजदुर : पूर्व–पश्चिम जोड्ने एउटा आधार

दशैं तिहार जस्ता चाडवाड सकिनासाथ झोला बोकेर पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्थुम आउने उनीहरु जेठ अन्तिममा मात्रै फर्कन्छन् । सडक पेटी बनाउने, गारो लगाउनेलगायतका सम्पूर्ण जिम्मा उनीहरुकै हुन्छ । प्रत्येक विहान ७ बजे सडकमा देखिने उनीहरु दिउँसो ११ देखि १२ वजेसम्म खानाका लागि बिश्राम लिन्छन् र फेरी काममा फर्कन्छन् । साँझ ५ बजेपछि छुट्टी लिन्छन् । दैनिक नौ घण्टाका हिसाबले काममा खटेका हुन्छन् उनीहरु ।

पश्चिम रोल्पाबाट आएकी कमला रोका र दाङ तुलसीपुरबाट आएका रत्न विश्वकर्म यस्का उदाहरण हुन् । इमान्दर, राम्रो स्किल भएका र कामको गति राम्रो दिने भएकाले ठेकदारले उनीहरुलाई प्रत्येक वर्ष ल्याउने गरेका छन् । ताप्लेजुङ, पाँचथर र तेह्थुम जिल्लामा गरी एक हजार भन्दाबढी मजदुर कार्यरत रहेको ठेकदारहरुको अनुमान छ । यस्ले पूर्व र पश्चिमको आत्मीयतामा बृद्धि गरेको छभने रोजगारीका लागि बिदेशै जानु पर्छ भन्ने मान्यता विरुद्धका उदाहरण पनि बनेको छ ।


प्रकाशित : चैत्र ९, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?