२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नारायणगढ-मुग्लिन सडकमा ढुंगा खस्दा चालकको निधन

रमेशकुमार पौडेल

चितवन — निर्माणधीन नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको यात्रु बाहक माइक्रोबसमाथि  शुक्रबार दिउँसो लगभग पौने पाँच बजे पहाडबाट ढुंगा खस्दा चालकको निधन भएको छ । निधन हुने चालक मकवानपुर जिल्ला दामन–६ का २८ वर्षीय दीपक रुम्बा रहेको चितवन प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकमा ढुंगा खस्दा चालकको निधन

निर्माणको काम सुरु भएपछि उक्त बाटो हुँदै यात्रा गर्नेहरुको ज्यानै जाने गरेर भएको यो तेस्रो घटना हो । नारायणगढ-मुग्लिन सडक आयोजनाले सडकमाथिको पहाडमा डढेलो लगाएका कारण ढुंगा खसेको जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा चार बजे र ४० मिनेट जाँदा इच्छाकामाना गाउँपालिका–६ दुई नम्बर पुलमा पहाडमाथिबाट खसेको सुख्खा पहिरो माइक्रोबसमाथि खसेको उल्लेख छ ।


काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माईक्रोबसमाथि ढुंगा खसेको प्रहरीले जानकारी दिएको छ । बसको चालक तर्फ ढुंगाले लागेको र अरु यात्रुलाई केही नभएको प्रहरीको भनाइ छ । दुर्घटनापछि घाइते भएका चालकलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयमा डिएसपी प्रभुप्रसाद ढकालले बताएका छन् ।


नारायणगढ-मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले ढुंगा खसेको ठाउँभन्दा माथिको पहाडमा डढेलो लागेको र त्यसैका कारण ढुंगाहरु तल खसेको बताए । सो सडकमा यसअघि पहिरो खस्दा पाँचजनाको ज्यान गएको छ । एकजना वेपत्ता छन् ।


गाडीमा यात्रा गर्नेहरुमध्ये पहिरोका कारणले तीनजना घाइते भएको चितवन प्रहरीको विवरणमा उल्लेख छ । सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा वर्षा र वर्षा नभए पनि सुख्खा याममा पनि पहिरो झर्ने समस्या छ ।


अपडेट...


नारायणगढ-मुग्लिन सडककाे दुई नम्बर पुलमा शुक्रबार दिउँसाे सडकमाथि पहाडबाट झरेकाे ढुंगा माइक्राेबसमाथि खस्दा चालक सख्त घाइते भएका छन् ।


काठमाडाैंबाट नारायणगढ अाउँदै गरेकाे बा २ ख ५४४९ नम्बरकाे माईक्राे बसमाथि ढुंगा खसेकाे थियाे । चालककाे नाम थर खुलेकाे छैन । उनलाई उपचारका लागि भरतपुर पठाएकाे इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ ।


साे सडकमा विस्तारकाे काम भइ रहेकाे छ । बिहान १० बजेदेखि चार बजेसम्म बाटाे बन्द हुन्छ । बन्द खुले लगत्तै साे घटना भएकाे हाे ।


सडकमाथि पहाडमा डढेलाे लागेकाे र त्यसैका कारण ढुंगा खसेकाे नारायणगढ-मुग्लिन सडक अायाेजनाकाे सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । घटनापछि गाडी अावत जावतमा पनि समस्या परेकाे थियाे । अाज रातमा सकेसम्म साे सडकमा यात्रा नगर्न खनालकाे सुझाव छ ।

प्रकाशित : चैत्र ९, २०७४ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?