कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोरम सचिव काङबाङ माओवादी केन्द्रमा

काठमाडौँ — संघीय समाजवादी फोरम, नेपालका सचिव अजम्बर काङबाङ राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

फोरम सचिव काङबाङ माओवादी केन्द्रमा

०६९ सालमा अशोक राईको नेतृत्वमा एमाले परित्याग गरेका काङबाङ माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरे ।


काङबाङ संविधानसभाको दोस्रो निर्वाचन र मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए ।


२०४० सालदेखि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्य भएर राजनीतिमा लागेका उनी एमालेको तत्कालिन युवा संगठन प्ररायुसंघको केन्द्रीय अध्यक्ष र एमाले वैकल्पिक केन्द्रीय सदस्यसम्म भएका थिए ।


प्रकाशित : चैत्र ९, २०७४ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?