२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पेट्रोलिय पाइपलाइन ओछ्याउन सुरु

शंकर आचार्य

पर्सा — पेट्रोलियम पाइपलाइनका लागि अमलेखजन्ज–रक्सौल–मोतिहारी खण्डमा दुई किलोमिटर पाइप ओछ्याइएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार फागुन २५ गतेदेखि पाइप लाइन जडानको काम सुरु हो । 

पेट्रोलिय पाइपलाइन ओछ्याउन सुरु

पथलैयादेखि सिमरा पारीसम्म करिब २ किमि पाइप वेल्डिङ गर्ने काम सकिएको छ । हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्ग निर्माणसँगै पाइप सडकमुनि ओछ्याइएको छ,’ पौडेलले भने,‘‘पाइप जमिनमुनि अढाई मिटर तल हालिएको छ ।’


पाइपलाइन बिछ्याउन र वेल्डिङ गर्ने कामको ठेक्का भारत, महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ । अमलेखगन्जस्थित आयल निगम डिपोमो ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ । भारत फरिदाबादको मोतिप्रभा इन्फ्राटेक प्रालिले टंयाकी स्तरोन्नतिको काम गरिरहेको पौडेलले जानकारी दिए ।


‘डिपोका ४ वटा ट्यांकीकै स्तरोन्नति जारी छ । पाइपलाइनबाट भारतबाट आउने इन्धन त्यही ओभरहेड ट्यांकीमा भण्डारण हुन्छ,’ उनले भने, ‘३ हजार ९ सय किलोलिटर (केएल) क्षमताको २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदैछ, जसमा १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ ।’


इन्डियन आयल कर्पोरेशनको लगानीमा संञ्चालित पाइपलाइन परियोजनाका लागि नेपालले पाइपलाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक सबै लगानी भारत सरकारकै छ । मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव ७ सय र रक्सौलदेखि अमलेखगन्जसम्म २६ दशमलव २ सय मिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड भारु छ ।


पाइपलाइन ओछ्याउने मार्गअन्तर्गत वीरगन्ज महानगरको बाइपास सडकको अवरोध र बारामा पर्सा निकुञ्जको क्षेत्रका रूख काट्न बाँकी रहेको पौडेलले बताए । परियोजनामा नेपालतर्फ ओछ्याइने ३१ किमिभन्दा बढी पाइप नेपाल भित्रिसकेको छ । पाइपलाइनमा कालो रंगको स्टिलको पाइप प्रयोग गरिँदैछ । भारत महाराष्ट्रको सिमलेश लिमिटेडले पाइप उत्पादन गरेको छ ।


पाइपलाइन निर्माण भएपछि मुलुककै सर्वाधिक इन्धन आयात हुने वीरगन्ज नाकामा भन्सार क्षेत्रमा लाग्ने जाम र भीडभाड कम हुनेछ । त्रिभुवन राजपथको वीरगन्ज–पथलैया–अमलेखगन्ज सडक खण्डमा पनि ट्यांकरको चाप घटने छ ।

प्रकाशित : चैत्र ९, २०७४ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?