कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ढाकाबाट गुडेको दुईवटा बस आज नेपाल प्रवेश गर्दै 

पर्वत पोर्तेल

काँकडभिट्टा — बंगलादेशको राजधानी ढाकाबाट बुधबार दुईवटा बस नेपाल प्रवेश गर्दैछन् । सम्झौता भएको करिव ३ वर्ष पछि बंगलादेश, भारत र नेपालबीच त्रिदेशिय बस सेवा संचालनको परीक्षणका लागि ढाकाबाट बस आएको हो । 

ढाकाबाट गुडेको दुईवटा बस आज नेपाल प्रवेश गर्दै 

बसमा नेपाल, भारत र बंगलादेशका अधिकारीहरु सवार छन् । टोलीमा सहभागी मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले ढाकाबाट करिव २४ घन्टा पछि बस नेपाल प्रवेश गर्ने बताए । बसको स्वागतका लागि भन्सार र अध्यागमन परिसरमा व्यापक तयारी गरिएको छ ।


तीन देशका अधिकारीसहितको बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आएको थियो । त्यहाँबाट आज नेपालका लागि बस प्रस्थान गरेको भन्सार प्रमुख अर्यालले बताए । टोलीमा ६ जना नेपाली अधिकारी छन् । बंगलादेशका ३६ र भारका १२ जना छन् ।


नेपालसहितका चार देश बंगलादेश, भुटान र भारतबीच सोझो बस सेवा संचालनका लागि सन् २०१५ जुनमा बीबीआइएन मोटर भेइकल सम्झौता भएको थियो । तर, भुटानले भने यो सम्झौतामा हस्ताक्षर गरेको छैन ।


सोही सम्झौता अनुसार परीक्षणको रुपमा बस सेवा संचालन गर्न लागिएको हो ।


बीबीआइएन मोटर भेइकल सम्झौता पछि नै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेको रुपमा विकास गर्ने उद्देश्यका साथ स्तरोन्नतरी गरिरहेको छ । बंगलादेश क्षेत्रको सडक स्तरोन्नतरी लगभग सकिएको छ । भारतीय क्षेत्रमा भने अझै काम जारी छ । आकासे पुलसहित चार लेनको सडक निर्माण गरिएको छ ।


प्रकाशित : वैशाख १२, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?