बायर्नको मैदानमा रियल विजयी

एजेन्सी

म्युनिख — युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा स्पेनिस टोली रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई २–१ ले हराएको छ ।

बायर्नको मैदानमा रियल विजयी

घरेलु मैदान आलियान्ज एरीनामा बायर्नले जोसुआ किमिचको पहिलो हाफको २८ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । मार्सेलोले पहिलो हाफको एक मिनेट बाँकी छँदा गोल गरेपछि खेल बराबरीमा आएको थियो ।


दोस्रो हाफको ५७ अौं मिनेटमा वैकल्पिक खेलाडी मार्को एसेन्सियोले रियललाई अग्रता दिलाए । उनले लुकास भाज्केजको पासलाई सदुपयोग गर्दै विजयी गोल गरेका थिए ।


दोस्रो लेग रियलको मैदान सान्टियागो बर्नाबाउमा अर्को साता हुनेछ ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?