१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रौतहटमा दुई बालिका बलात्कृत

शिव पुरी

रौतहट — रौतहटको गुजरा नगरपालिका–८ का रमेश रामले छिमेकी दुई बालीकालाई बलात्कार गरेका छन् । वैशाख १० गते सोमबार अपरान्ह रामले बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको पीडित परिवारले जनाएकाे छ ।

रौतहटमा दुई बालिका बलात्कृत

प्रहरीले रामलाई पक्राउ गरी बिहिबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ । रामलाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।


छिमेकीका ५ र ६ वर्षीया बालिकालाई नजिकको बाँसघारीमा लगेर रामले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकालाई पैसा दिन्छु भन्दै ३ दिन सम्म फकाएर घट्ना लुकाउन खोजेका थिए । बालिकाले अभिभावकलाई भनेपछि बुधबार राती ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर आएका थिए । पीडितको जाहेरीको आधारमा रामलाई पक्राउ गरी मुद्दा चलाईएको डीएसपी शान्तिराज कोइरालाले बताए ।


‘हामीले स्वास्थ्य परीक्षण र अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाईसकेका छौँ, ’ उनले भने, ‘जघन्य अपराध गर्नेलाई छाडिन्नँ । पीडितलाई न्याय दिलाउछौँ । ’

पीडित परिवारले रामलाई हदै सम्मको सजायको माग गरेका छन् । बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।


जिल्लामा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएका छन् ।

प्रकाशित : वैशाख १३, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?