१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अरबियन ट्राभल मार्टमा नेपाल पनि

काठमाडौँ — मध्यपूर्व र उत्तर अफ्रिकाका पर्यटकहरुलाई लक्षित गरि यूएईमा आयोजित पर्यटन मेलामा नेपालले पनि आफ्नो उपस्थिति जनाएको छ । 

अरबियन ट्राभल मार्टमा नेपाल पनि

दुबईको वर्ल्ड सिटी सेन्टरमा अरबियन ट्राभल मार्टको २५औँ संस्करणको अवसर पारेर अरबियन पर्यटकहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त मेलामा नेपालले पर्यटकहरुको ध्यान तानेको छ ।


एक सय ५३ देशको सहभागिता रहेको उक्त मेलामा नेपाल पर्यटन बोर्डले नेपालको प्राकृतिक र सांस्कृतिक विविधतालाई जोड दिदै स्टल राखेको बोर्डका प्रबन्धक सुमन घिमिरेले जानकारी दिए ।


उक्त मेलामा मध्य पूर्वका पर्यटकहरुले नेपालको ‘एड्भेन्चर टूरिजम’को बारेमा चासो देखाएको घिमिरेले बताए । नेपालको भौगोलिक विविधताको बारेमा पर्यटन व्यवसायी, नेटवर्किङ कम्पनी, अनलाइन ट्राभल एजेन्ट तथा गल्फ कोअपरेशन परिषदका पर्यटकहरुले चासो देखाएका थिए । बोर्डले नेपालको पर्यटन व्यवसाय, पर्यटनको अवस्था, सम्भावना र पर्यटन आकर्षण विशिष्टताहरुको बारेमा जानकारी गराएको थियो ।


मेलामा सहभागी मध्य पूर्वका पर्यटकहरुले नेपालमा एड्भेन्च टूरिजममा चर्चा कमाएको उल्लेख गर्दै मध्यपूर्वका पर्यटकहरुलाई नेपालमा आकर्षण गर्नका लागि नेपालले विशेष चासो,अरेबियन भाषा बुझ्न सक्ने गाइडहरुको व्यवस्था लगायत अन्य सुविधाहरु उपलब्ध गराउन जोड दिनुपर्ने बताएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख १३, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?