कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुन तस्करी काण्ड : एसपीसहित तीनजनालाई अनुसन्धान गर्न ६ दिन म्याद थप

विनोद भण्डारी

विराटनगर — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवैध ३३ किलो सुन प्रकरणपछि नियन्त्रणमा लिइएका वहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेललाई बिहीबार जिल्ला अदालत मोरङले ६ दिनको म्याद थप गरेको छ ।

सुन तस्करी काण्ड : एसपीसहित तीनजनालाई अनुसन्धान गर्न ६ दिन म्याद थप

उनीहरुमाथि ३३ किलो सुन तस्करी र भरिया मोरङ उर्लाबारीका सनम शाक्यको हत्या घटनासँग जोडिएको प्रहरी आशंका छ ।


मकवानपुरमा कार्यरत एसपी खनाल, गृहमन्त्रालयको विशेष अनुसन्धान समितिले बयान लिने क्रममा फरार इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डियसपी राउत र सई सञ्जेलविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी स्रोतले जानकारी दिएको छ । त्यही काण्डमा प्रहरी नियन्त्रणमा परेको प्रहरी जवान सञ्जिव शाक्यलाई भने बुधबार नै अदालतमा हाजीर गराइ सोही मुद्दामा सात दिनको म्यात थप गरिएको छ ।


मकावनपुर प्रहरी प्रमुख एसपी खनाल सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । गृह मन्त्रालको सहसचिव ईश्वरराज पौडलेलको नेतृत्वमा गठन भएको छानबिन समितिले सुन तस्करीमा प्रत्यक्ष मिलेमतो देखिएपछि एसपी खनाल, डिएसपी राउत र सइ सञ्जेललाई थप अनुसन्धान र मुद्दा चलाउन समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको हो ।


बिहीबार बिहान मोरङ प्रहरी कार्यालय आइपुगेका खनाल, डिएसपी राउत र सञ्जेललाई सोही दिन साँझ साढे चार बजे अदालतमा हाजिर गराएर म्याद थप गरिएको थियो । मंगलबार बयान लिने क्रममा फरार भएका डिएसपी राउत बुधबार छानबिन समितिको सम्पर्कमा आइ मोरङ प्रहरी कार्यालयमा आएर अदालतमा हाजिर भएका थिए । बिहीबार एसपी खनालसहित उनी मोरङ प्रहरीमा आइपुगेका थिए । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत राउत बयानकै क्रममा फराई भई बुधबार साँझ प्रहरीको सम्पर्कमा आएका थिए ।


सुन तस्करमा मुख्य नाइके चुँडामणि उप्रेतीलाई एसपी खनाल र सई सञ्जेलले सघाएको अनुसन्धान समितिको आशंका छ । खनाल २ वर्षअघि विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सघाएका थिए । सञ्जेलले सनम शाक्य हत्या घटनामा उप्रेतीलाई जोगाउन सहयोग गरेका थिए ।


३३ केजी सुन तस्करी तथा उर्लाबारीका सनम शाक्याको हत्याको संलग्नमा पक्राउ गरी मोरङ प्रहरीको हिरासतमा रहने २७ जना पुगेका छन् । बुधबार पूर्वडिआईजी गोविन्द निरौलालाई ८ दिनको म्याथ थप गरी अनुसन्धान भइरहेको छ । सुन तस्करी र शाक्य हत्या प्रकरणमा बहालवाला प्रहरी र पूर्व गरी ५ जना उच्च ओहदाका प्रहरी अधिकारी मोरङ प्रहरीको हिरासतमा छन् ।

१८ फागुनमा सुन तस्करीमा गिरोहमा आबद्ध भएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सेटिङ हुँदै आएको सुन तस्करीको पर्दाफास भएको हो । उच्च तहका प्रहरी अधिकारी पक्राउ परे पनि ३३ केजी सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोर’ भने फारर छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको प्रयोग गरेको छ ।


प्रकाशित : वैशाख १३, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?