कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

परम्परा तोड्दै गरे ह्यारीले विवाह

बीबीसी

लन्डन — बेलायतका राजकुमार ह्यारीले राजदरबारको परम्परा तोड्दै शनिबार अमेरिकी अभिनेत्री मेगान मर्केलसँग विवाह गरेका छन् । 

परम्परा तोड्दै गरे ह्यारीले विवाह

विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भएको भव्य वैवाहिक समारोहमा ह्यारीले बेलायती राजपरिवारको परम्परा तोडै मेगानलाई औंठी लगाइदिए । त्यसैगरी मेगानले पनि आफ्ना पतिको आज्ञा पालन गर्ने प्रतिज्ञा गरिनन् ।


उनीहरुले बेलायतका महारानी एलिजावेद द्वीतीय र करिब ६ सय विशेष अतिथिमाझ विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा सँगसँगै जिउने वाचा गर्दै औंठी साटासाट गरेका थिए ।


उनीहरुले सन् २०१६ को जुलाईदेखिको प्रेम सम्बन्धलाई शनिबार विवाहमा परिणत गरेका हुन् । विवाहलगत्तै महारानी एलिजाबेथले ह्यारी र मेगानलाई ‘ड्यूक अफ ससेक्स’ र ‘डचेज अफ ससेक्स’ को उपाधी समेत प्रदान गरेकी छन् ।


ह्यारी बेलायतको राजगद्दीको उत्तराधिकारीको छैटौं नम्बरमा छन् । उनी बेलायती महरानीका नाती तथा राजकुमार चार्ल्सका छोरा हुन् । अमेरिकी अभिनेत्री मेगान परोपकारी कार्यमासमेत संलग्न छन् । विवाहका लागि बेहुली बेलायती डिजाइनर क्लेर वेट केलरले बनाएको कपडामा सजिएकी थिइन् ।


स्थानीय समयअुनसार शनिबार दिउँसो भएको वैवाहिक समारोहपछि बेहुला(बेहुलीलाई बग्गीमा राखेर घुमाइएको थियो । समारोहमा अमेरिकी टेलिभिजन स्टार ओपरा विन्फ्रे, अभिनेता इडरिस एल्बा, जर्ज क्लुनी तथा फुटबलर डेबिड बेकहाम, सर एल्टन जोन लगायतका अतिथिको उपस्थिति थियो ।


मेगानका पिता थोमस भने वैवाहिक समारोहमा स्वास्थ्यका कारण अनुपस्थित रहे । ७३ थोमस गतसाता मुटुको शल्यक्रियापछि आराम गरिरहेका छन् ।


मेगान आफ्नी आमा डोरिया रगल्याण्डसहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मेगानको हात समाएर वैवाहिक समारोहमा लगेका थिए । ह्यारी भने आफ्ना दाजु विलियमसागै विवाह समारोहस्थलमा पुगेका थिए ।


समारोह शुरु हुनुअघि ३३ वर्षीया ह्यारीले विन्डसरस्थित उपस्थित भीडलाई आफूलाई अत्यन्त खुशी लागेको बताएका थिए । तामझामका साथ सम्पन्न विवाह समारोहलाई विभिन्न टेलिभिजनले समेत प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।


राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिमको विन्डसोर क्यास्टलको सेन्ट जोर्जेज च्यापलमा वैवाहिक समारोह भइरहँदा दरबार बाहिरको सडकका दुई किनारमा रहेका लाखौं मानिसले खुशी साटासाट गरेका थिए ।

समारोहलाई विश्वभर करिब ३ अर्ब मानिसले अवलोकन गरेको बेलायती सञ्चार माध्यमले आँकलन गरेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?