कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वदेश फर्किए सन्दीप [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली बनेका सन्दीप लामिछाने म‌ंगलबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालगायतले स्वागत गरेका थिए । आईपीएलको डेब्यू खेलमै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए । उनले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएको धारणा व्यक्त गरे । लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । उनले खेलेको तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्