प्रधानमन्त्रीको सम्पति ४२ लाख रुपैयाँ, घरजग्गा तथा अन्य सम्पति पत्नी राधिकाको स्वआर्जन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पति आफ्नो नाममा जम्मा ४२ लाख रुपैयाँ मात्र देखिएको छ । घरजग्गा तथा अन्य सम्पति पत्नी राधिका शाक्यको स्वाआर्जन रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको सम्पति ४२ लाख रुपैयाँ, घरजग्गा तथा अन्य सम्पति पत्नी राधिकाको स्वआर्जन

प्रधानमन्त्री कार्यालयको वेवसाइटमा बुधबार सार्वजनिक गरिएको सम्पति विवरण अनुसार उक्त सम्पति सार्वजनिक गरिएको हो । प्रधानमन्त्री ओलीले बुझाएको सम्पति विवरण अनुसार प्रधानमन्त्री ओलीको एभरेष्ट बैंकस्थित खातामा ४२ लाख रुपैयाँ रहेको उल्लेख छ । उक्त रकम तलब भत्ताबाट प्राप्त भएको पनि बताइएको छ ।


त्यसैगरी प्रधानमन्त्री पत्नी शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख रुपैयाँ नगद मौज्दात देखिएको छ भने राष्ट्रिय वचत पत्र २५ लाख रुपैयाँ रहेको छ । यसलाई शाक्यले स्वआर्जन बताएकी छन् । उनले कैफियतमा आफु राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी रहेको उल्लेख गरेकी छन् ।


सुन गरगहना १७ –१८ तोला उल्लेख छ । त्यस्तै शाक्यकै नाममा भक्तपुरको सुर्यविनायक – २ मा एक रोपनी र आधा रोपनी जग्गा तथा तीन तलको घर र झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा स्वआर्जनबाट जोडेको उल्लेख छ ।


प्रकाशित : जेष्ठ ९, २०७५ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?