दुई महिला मन्त्री ‘गरिब’ !

काठमाडौँ — सम्पत्ति विवरण बुझाएका मध्ये दुईजना महिला मन्त्रीहरु थममाया थापा र बिना मगरको सम्पत्ति न्यून देखिएको छ । 

दुई महिला मन्त्री ‘गरिब’ !

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रुपैयाँ मौज्दात रहेको देखाएकी छन् ।

यस्तै खानेपानी मन्त्री बिना मगरले आफ्नो नाममा केही पनि नरहेको देखाएकी छन् । उनको सम्पत्ति विवरणमा चितवनमा पति प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन र एउटा स्कुटर रहेको उल्लेख छ ।

यस्तै सासु सीता दाहालको नाममा चितवनमा नै १ कठ्ठा जमिन रहेको देखाएकी छन् । उनको एभरेष्ट बैंकमा खाता छ तर रकम सून्य छ ।

बिना मगरको सम्पत्ति विवरण :

थममाया थापाको सम्पत्ति विवरण :


प्रकाशित : जेष्ठ ९, २०७५ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?