कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

 मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक : 'गरिब' मन्त्रीका धनी श्रीमती

काठमाडौँ — अकिकांश मन्त्रीको सम्पति न्यून देखिएको छ । अधिकांश मन्त्रीहरुको श्रीमतीका नाममा भने प्रशस्तै सम्पति रहेको छ । त्यो सम्पतिमा श्रीमानको भने योगदान रहेको छैन । ती सम्पतिको स्रोत स्वआर्जन रहेको छ । 

 मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक : 'गरिब' मन्त्रीका धनी श्रीमती

सम्पति सबै श्रीमतीका

रक्षामन्त्री इश्वर पोखरेल भन्दा पत्नी मिरा पोखरेल धेरै धनी रहेकी छन् । सबै घरजग्गा श्रीमती पोखरेलकै नाममा रहेको छ । पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा पैतृक सम्पति रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकमा ७ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।


त्यसैगरी टोखा–६ मा २३ आना जग्गामा बनेको ३ तले घर रहेको छ । भक्तपुर, नगरकोटमा ११ रोपनी ११ आना, धादिङको खानीखोलामा ४ रोपनी पाखो, ७–८ तोला सुन, चाँदी २२–२५ तोला तथा विभिन्न बैंक खातामा ६ लाख ४० हजार रुपैयाँ पनि श्रीमती पोखरेलको नाममा रहेको छ । यि सबै घरजग्गा बिक्री, पेवा र स्वआर्जनबाट प्राप्त भएको उल्लेख छ ।


त्यसैगरी बरुण हाइड्रोमा १० हजार, कृषि विकास बैंकमा २ सय र मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता शेयर पनि पत्नी पोखरेलकै रहेको छ । ति सम्पतिहरुको श्रोत परिवारबाट प्राप्त पेवा र उपहार, पारिश्रमिक तथा जग्गाको बिक्री उल्लेख गरिएको छ ।


मन्त्री पोखरेल आफ्नै नाममा भने झापामा १२ कट्ठा पैत्रिक सम्पति र ७ लाख रुपैयाँ बैक मौज्दात रहेको उल्लेख छ ।


गृहमन्त्रीको साझेदारीमा रेस्टुरेन्ट


गृहमन्त्री रामबहादुर थापाको पनि पत्नीको नाममा सम्पति रहेको छ । थापाकी पत्नी नैनकला थापाको नाममा चितवनको दुई ठाउँमा जग्गा रहेको छ । ती जग्गाहरु सगोलको पैतृक सम्पतिबाट आएको तथा नैनकलाको बाबुले आमाको मृत्यु पश्चात सम्झनामा दिएको रकमबाट किनेको उल्लेख छ ।


थापाले सुन ६ तोला र नगद तीन लाख जति रहेको पनि उल्लखे गरेका छन् । सुन माइतीबाट आएको र नगद साझेदारीमा रेष्टरेण्ट चलाएको उल्लेख छ । त्यस्तै स्वकीय सचिव बिरु तामाङको खातामा ३ लाख ६० हजार रहेको उल्लेख छ । उनले सम्पति विवरणमा एउटा गाडी, छिमेकीले दिएको २ वटा कुकुर रहेको छ ।


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नाममा एभरेष्ट बैंकमा ३ लाख ५७ हजार २ सय ८३ रुपैयाँ बचत देखिएको छ कृषि विकास बैंकमा २ हजार रुपैयाँ रहेको छ । उनकी पत्नी सरस्वती ज्ञवाली अर्यालको नाममा काठमाडौं–३१ मा ४ आना २ पैसा ३ दामको जग्गामा दुई तले घर रहेको छ । साथै २ तोला जति सुन रहेको उल्लेख छ ।


उर्जामन्त्री वर्षमान पुन र पत्नी ओनसरी घर्तीको नाममा घरजग्गा छैन । उनको सम्पति विवरणमा बाबु र आमाको नाममा रोल्पा र दाङमा रहेको घरजग्गा रहेको छ । १५ तोला सुन, चाँदी र ७ लाख नगद परिवारको सगोलमा देखिएको छभने आफ्नो नाममा एभरेष्ट बैंकमा ३ लाख ५० हजार नगद मौज्दात देखिएको छ ।


शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको पनि आफ्नो नाममा घरजग्गा छैन । बाबुको नाममा खोटाङमा घरजग्गा रहेको छ । त्यसैगरी पोखरेलको नाममा दुई बैंक खातामा गरी ३ लाख ८० हजार रुपैयाँ नगद मौज्दात देखिएको छ । त्यसैगरी रुपाकोट सामुदायिक रेडियोमा ५ हजार कित्ता शेयर रहेको छ ।


पुर्ख्यौली सम्पति नै पत्नीको नाममा


उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवको भने पुर्ख्यौली सम्पति पनि पत्नीको नाममा रहेको छ । प्रमिलादेवी यादवको नाममा सिराह, धनुषा र ललितपुरमा जग्गा रहेको छ । ति जग्गाहरुको प्राप्ति पुर्ख्यौली, स्वआर्जन र ऋण देखाइएको छ । आफ्नो, पत्नी तथा छोराको नाममा विभिन्न बैंक खातामा साढे ५ लाख रुपैयाँ रहेको पनि देखाइएको छ ।


कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको नाममा कपिलवस्तुमा डेढ कठ्ठा र उनका श्रीमती यमा बन्जाडे खनालको नाममा कपिलवस्तुमा १५ कठ्ठा र रुपन्देहीमा १२ कठ्ठा जमिन भएको उल्लेख गरेका छन् । यस्तै औँठी,चेन र बाला गरेर ६ तोला सुन रहेको उल्लेख गरेका छन् । श्रीमती र उनको नाममा विभिन्न बैंकमा १४ लाख ७६ हजार रकम छ ।


लालबाबुसँग ५५ लाख नगद


सामान्य प्रशासन मन्त्री लालबाबू पण्डितको नाममा विराटनगरमा १ कठ्ठा जमिनमा ५ कोठे घर रहेको छ । श्रीमती विमला पण्डितको नाममा १० तोला सुन र १५ तोला चाँदी रहेको छ ।

मन्त्री पण्डितको नाममा एभरेष्ट बैंकमा २५ लाख नगद रहेको छ भने श्रीमतीको नाममा ३० लाख रुपैयाँ रहेको छ । सवारी साधन विवरणमा मन्त्री पण्डितले आफ्नो नाममा पुरानो एउटा साइकल रहेको विवरण उल्लेख गरेका छन् ।


स्वास्थ्य राज्यमन्त्री पद्यमाकुमारी अर्यालले बैंकमा ७ लाख ५२ हजार ७ सय ३६ रहेको उल्लेख गरेकी छन् । उनको नाममा १५ तोला सुन र २० तोला चाँदी छ ।


अधिकारीको ६० तोला सुन र ३० केजी चाँदी


संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले जग्गा विक्री गरेबापत् गण्डकी बैंकमा १५ लाख ७ हजार ५ सय र परिश्रमिक बापत् एभरेष्ट बैंकमा ९ लाख ५० हजार रहेको विवरण पेश गरेका छन् । श्रीमती र उनको नाममा ६० तोला सुन र ३० केजी चाँदी रहेको छ । मन्त्री अधिकारीको गण्डकी विकास बैंकमा २६ हजार कित्ता सेयर र पानीखोला हाइड्रोपावरमा तीस लाख कित्ता सेयर छ । मन्त्री अधिकारीको नाममा जग्गा विक्री र पारिश्रमिकबाट २० लाखमा एउटा सेतो कार खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।


वन तथा वातवरण मन्त्री शक्ति बस्नेतसँग पारिश्रमिकबाट १५ लाख रुपैयाँ रहेको खुलाएका छन् । उनीसँग ५ तोला सुन र १० केजी चाँदी छ । एभरेष्टमा बैंकमा उनको नाममा दुई लाख रुपैयाँ मौज्दात छ । सो रकम उनले पारीश्रमिक बाट प्राप्त गरेको खुलाएका छन् । मन्त्री बस्नेतले लालीगुराँस सहकारीमा १० हजार र हाम्रो नयाँ कृषि सहकारी संस्थामा ३ लाख रुपैयाँको शेयर रहेको उल्लेख गरेका छन् । बस्नेतसँग नेकपा माओवादी केन्द्रको नाममा रहेको बा ९ च ७४ ३१ नम्बरको स्करपियो गाडी छ ।


कानुन मन्त्रीको ७० लाख ऋण


कानुनमन्त्री शेरबहादुर तामाङले कृषि विकास बैंक र अन्यबाट उनले ७० लाख रुपैयाँ ऋण लिएका छन् । उनको नाममा सिन्धुपाल्चोकमा ८ विगाहा बढी जग्गा छ । सम्पत्ति विवरणमा मन्त्री तामाङले श्रीमतीको नाममा धेरै जग्गा रहेको खुलाएका छन् । काठमाडौंमा उनको नाममा ६ आना जमिन छ । उनको नाममा एभरेष्टमा बैंकमा १ लाख २८ हजार ९ सय ४२ रुपैया मौज्दात छ । विभिन्न कम्पनीहरुमा १५ लाख बराबरको शेयर छ । उनले आफ्नो नाममा ३० तोला सुन रहेको विवरण बुझाएका छन् ।


अर्थमन्त्रीको डलर एकाउन्ट


सम्पत्ति विवरण अनुसार अर्थमन्त्री युवराज खतिवडाले दुई वटा बैंकमा डलर एकाउन्ट रहेको छ । उनको नबिल बैंक र सानिमा बैंकमा डलर एकाउण्ट छ । नबिलमा १० हजार ७ सय ३ डलर र सानिमामा ५२ हजार डलर मौज्दात छ । विभिन्न बैंकहरुमा अर्थमन्त्री खतिवडाको नाममा ५० लाखभन्दा बढी रकम जम्मा छ । उनको नाममा काठमाडौमा ५ आनामा बनेको घर र भक्तपुरको चागुनारायणमा १२ आना जग्गा रहेको छ । खतिवडाको सम्पत्ति विवरणमा १० तोला सुनका गहना र १ किलो चाँदी उल्लेख छ ।


मन्त्री खतिवडाले विभिन्न व्यक्तिहरुलाई २४ लाख ऋण दिएका छन् । उनको नाममा एउटा मोटर कार पनि छ ।


ऋणमा श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफैले केही सम्पत्ति आर्जन गरेको देखिदैन । उल्टो उनको ७३ लाख रुपैयाँ रहेको छ ।

सम्पत्ति विवरण अनुसार विष्टको नेपाल इन्भेष्टमेन्ट वैंक र एर्भेष्ट वैंकमा ४२ हजार रुपैया नगद वचत छ । पैत्रिक र खरिद गरेको जम्मा ७ तोला सुन छ ।


विष्टकी श्रीमती प्रतिमा श्रेष्ठको नाममा काठमाडौं २९ स्थित ००.१६०.०० मा जग्गामा फैलिएको एउटा पक्की घर छ । यो २०६३ सालमा बैंकबाट १५ वर्षे घर ऋणवापत ४० लाख रुपैयाँ ऋण लिई खरिद गरिएको हो । हाल सिदार्थथ वैंकमा ३६ लाख, सञ्चय कोषमा ६ लाख, अम्विका पौड्यालसँग १० लाख, भागवत सापकोटसँग ६ लाख र इन्द्र विष्टसँग १५ रुपैया ऋण छ ।

श्रीमती प्रतिमाको नाममा मेघा वैंकको २६५ र कृषि बिकास वैंकको ४९ कित्ता शेयर छ । प्रतिमा श्रेष्ठको खातामा ६ लाख ८२ हजार रुपैयाँ बचत छ । प्रतिमाले २५ वर्षदेखि क्याम्पस र टुयुसन पढाएर सम्पत्ति आर्जन गरेको जनाइएको छ ।


बिष्टको गुल्मीको इस्मास्थित ४ मा पैत्रिक सम्पत्तिको रुपमा २ वटा कच्ची घर, कटेरी र झन्डै ५० रोपनी जग्गा छ । यी सम्पत्ति भीमबहादुर विष्टको नाममा छ । यसै गरी घरमा दुई गोरु, दुई गाई, एक भैसी र चार बाख्रा रहेको छ ।

विवरण हेर्न यहाँ क्लिक गर्नु होस्

प्रकाशित : जेष्ठ ९, २०७५ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?