कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महाथिरले घटाए मन्त्रीको तलब 

सिन्ह्वा

क्वालालम्पुर — मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार सरकारका मन्त्रीको सुविधामा १० प्रतिशतले कटौती गरेका छन् । 

महाथिरले घटाए मन्त्रीको तलब 

सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्यअनुरूप महाथिरले उक्त निर्णय गरेको बताए । सरकारी खर्च २ सय ५१ अर्ब ५ करोड अमेरिकी डलरमा झार्ने बताएका हुन् ।


मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व सम्हालेका थिए । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महाथिरले भने, ‘हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौं ।’ उनले अन्य उच्च सरकारी कर्मचारीको सुविधा कटौतिलाई बाध्यकारी नबनाउने बताए । उनले भने, ‘तर यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन् ।’


निर्वाचन अभियानका समय गरेका प्रतिबद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयन सुरु गरेको हो । महाथिरले भने, ‘हाल मलेसियाको ऋण कुल ग्रार्हस्थ उत्पादनको झण्डै ६५ प्रतिशत रहेको बताए ।


महाथिरले पारिश्रमिक कटौतिबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपाय पनि कार्यान्वयन गर्ने बताए । उनले सानो आकारको मन्त्रीमण्डलका अलावा राज्यको विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल गरिने बताए ।


त्यसैगरी उनले सार्वजनिक यातायात आयोगलाई निलम्बन गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने बताए । यसबाहेक उनले केही ठूला योजनाबारे पनि समीक्षा गर्ने बताए ।

प्रकाशित : जेष्ठ ९, २०७५ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?