कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यरातमा पूर्व राजा महेन्द्रको शालिक भत्काइयो

प्रतिक्षा काफ्ले

स्याङजा — जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको पूर्व राजा महेन्द्र शाहको शालिक फोरिएको छ ।

मध्यरातमा पूर्व राजा महेन्द्रको शालिक भत्काइयो

सिदार्थ राजमार्ग अन्तर्गत सदरमुकाममा बनाइएको पार्क र शालिकका कारण दुर्घटना बढ्दै गएको भन्दै पुतलीबजारको १ नम्बर वडा कार्यालयले बुधबार मध्यरातमा डोजर प्रयोग गरी शालिक भत्काएको हो ।


२०२२ सालमा सिदार्थ राजमार्गको ट्रयाक खोलिए पनि २०२८ सालदेखि यो सडक खण्ड सुचारु भएको थियो । त्यही समय पारेर राजा महेन्द्रको शालिक निर्माण गरिएको थियो ।

स्याङजावासीले पहिचानको रुपमा उक्त शालिक राख्दै आएका थिए ।


२०३२ सालमा महेन्द्रका जेठा छोरा एवं पूर्व राजा विरेन्द्रले शालिकको उद्घाटन गरेको स्थानीयहरु बताउँछन् ।


२०६२/६३ को जनआन्दोलनका क्रममा शालिकको टाउको फोरिएको थियो । टाउको बिनाको शरीर मात्रको शालिक लामो समयपछि बुधबार राती भत्काइएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?