१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राष्ट्रपतिको स्वागतमा दार्चुलाका दुई स्थानीय तहले पनि दिए सार्वजनिक बिदा

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरको दर्शन भ्रमणका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपनि जिल्लाका दुई स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

राष्ट्रपतिको स्वागतमा दार्चुलाका दुई स्थानीय तहले पनि दिए सार्वजनिक बिदा

राष्ट्रपतिको भ्रमण सफल पार्न सबै नगरवासीको उपस्थितिका लागि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले एक दिनका लागि सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

बुधबार नगर कार्यपालिकाको निर्णयअनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणप्रसाद जोशीले सूचना जारी गरी राष्ट्रपति भण्डारीको स्वागत गर्न सम्पूर्ण नगरवासीको सहभागिताको लागि अनुरोध गरेको छ ।

सातौंधामको रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्ने भएकी छन् । त्यस्तै उनको नागरिक अभिनन्दन गर्न तथा स्वागतको लागि गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।

सरकारको एक सय गन्तव्यअन्तर्गत परेको मालिकार्जुन क्षेत्रमा राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा विद्यालय प्रांगणमा हुने कार्यक्रममा पञ्चकन्याले स्वागत गर्ने तयारी गरेको पनि बताइएको छ । मालिकार्जुन क्षेत्रको स्थानीय कला संस्कृती, सगुन, झोडो, ढुस्को प्रर्दशनीको तयारी छ ।

राष्ट्रपति दर्शन गर्न आउने भएपछि मालिकार्जुन मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ४० जना नेपाली सेना, १२० नेपाल प्रहरी, ७० जना सशस्त्र प्रहरीसँगै सादा पोशाकका सुरक्षाकर्मी खटाइएको जनाएको छ । राष्ट्रपति भण्डारी बिहान १० बजे मालिकार्जुन मन्दिर परिसरमा निर्माण गरिएको हेलिप्याडमा अवतरण गर्ने समय तालिका रहेको छ । राष्ट्रपतिले मालिकार्जुनमा दुई घण्टा बिताउने प्रशासनले जनाएको छ ।

यस्तै,बैतडीका दशरथचन्द र पाटन नगरपालिकाले पनि राष्ट्रपतिको स्वागतमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

राष्ट्रपतिको स्वागतमा बैतडीका २ नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

प्रधानमन्त्रीको जन्मदिनमा आठराई गाउँपालिकामा सार्वजनिक बिदा

प्रकाशित : फाल्गुन १४, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?