१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

२४ घण्टामा नेपालमा थपिए १५२ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार थपिएका १५२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको हो । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा नेपालमा थपिए १५२ कोरोना संक्रमित, एकको मृत्यु

यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । त्यस्तै १ हजार ५ सय ७९ जना आइसोलेसनमा र ६३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ७५ हजार ५ सय ४० पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र १९, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?