कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

'माइतीघर' अभिनेता सिपी लोहनीको निधन

काठमाडौँ — 'माइतिघर' अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अलजाइमरको समस्याले ग्रसित लोहनीले माइतीघरको न्युरो अस्पतालमा अन्तिम सास फेरेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

'माइतीघर' अभिनेता सिपी लोहनीको निधन

सोमबार दिउँसो १:३० मा उनको निधन भएको संघले जनाएको हो । निरौलाका अनुसार लोहनीको पार्थिव शरीरलाई आज नै आर्यघाट पुर्‍याइ श्रद्धाञ्जली दिइनेछ । अभिनेत्री माला सिन्हाकी पतिसमेत रहेका निरौलाले गायनमा दख्खल राख्थे ।

उनले रेडियो नेपालमा गीतसमेत रेकर्ड गरेका थिए । थुप्रै सिडी निकालिसकेका लोहनीको पछिल्लो एल्बम 'पुनरागम' हो । लोहनीको सन्तानमा एक छोरी छिन् । माइतीघरपछि लोहनीले नेपाली फिल्ममा खासै काम गरेनन् ।


प्रकाशित : वैशाख १७, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?