कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

भ्रामक सामग्री सम्प्रेषण गर्ने 'सिधाकुरा'लाई कारबाही गर : अख्तियार

काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रामक सामग्री प्रसारण/प्रकाशन गर्ने सिधाकुरा डट कम अनलाईनमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न अनुरोध गरेको छ । 

भ्रामक सामग्री सम्प्रेषण गर्ने 'सिधाकुरा'लाई कारबाही गर : अख्तियार


आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सिधाकुरा डट कमले प्रकाशन प्रसारण गरेको 'भ्रष्‍टाचारका चार सय मुद्दा ढिसमिस गर्न सर्वोच्च अदातलका न्यायाधीश सहित डिल' शीर्षकको सामग्री प्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगलाई यस्ता विषयमा जोडेकोमा आपत्ति जनाएको छ ।

'अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन टोलीको एक सदस्यको बयान फेर्न भन्ने एवं सो सामग्रीका विभिन्न भागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम उल्लेख भएको विषयमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ' आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्‍टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लगायत प्रचलित अन्य कानून बमोजिम अनुसन्धान गरी भ्रष्‍टाचार गरेको देखिएमा संलग्न व्यक्ति उपर कानून बमोजिम अधिकार प्राप्‍त अदालतमा मुद्दा दायर गर्दै आएको उल्लेख गरेको छ ।

'सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट निर्क्यौल भइसकेको फैसला अनुरुपको काम कारवाही अबलम्बन गर्ने एवं आफ्नो अधिकारक्षेत्र भित्रको उजुरी उपर अनुसन्धान एवं अभियोजन गर्नु बाहेकका अन्य कुनै क्रियाकलापमा आयोग संलग्न हुने विषयमा कल्पनासम्म गर्न नसकिने हुँदा यस्ता भ्रामक क्रियाकलापमा आयोगको कुनै संलग्नता नरहेको व्यहोरा जानकारी गराईन्छ। साथै, यस प्रकारका भ्रामक सामग्री प्रसारण/प्रकाशन गर्ने माथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत सम्बन्धित निकायलाई आयोग अनुरोध गर्दछ' विज्ञप्तिमा छ ।

सम्बन्धित समाचारहरू

प्रकाशित : वैशाख १७, २०८१ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?