जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी
काठमाडौँ — निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आईतबार निर्वाचन आयोगमा निवेदन परेको थियो ।
आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणत्र दिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए । उनले आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशन आहृवान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिए ।
प्रकाशित : वैशाख २४, २०८१ १९:२६प्रतिक्रिया