२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कान्तिपुरकर्मी शाहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौँ — कान्तिपुर दैनिकका संवाददाता तृप्ति शाही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । सोमबार नवौँ राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकार शाहीसहित ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत गरेको हो ।

कान्तिपुरकर्मी शाहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

सो पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चारमन्त्री रेखा शर्माले पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए । नौ वर्षदेखि पत्रकारिता गर्दै आएकी शाही हाल कान्तिपुर दैनिककी सुर्खेत संवाददाता हुन् ।

दिवसको अवसरमा मन्त्रालयले वरिष्ठ पत्रकार एवम् बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानलाई वरिष्ठ पत्रकार सम्मान-२०८० बाट सम्मान गरेको छ भने पोखराका पत्रकार स्वर्गीय त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता पुरस्कारले सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेका पौडेलको गतवर्ष पोखरामा भएको हवाई दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख २४, २०८१ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?