३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अर्को समीकरण बनाउन लागेको चर्चा निराधार : नेकपा एस

म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन । अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो- माधव नेपाल, अध्यक्ष

काठमाडौँ — सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको दाबी गरेको छ । जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गरेको छ ।

अर्को समीकरण बनाउन लागेको चर्चा निराधार : नेकपा एस

नेकपा एसले वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै आपसी छलफलबाट समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ ।

नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कार्बाही असन्तुष्टि भए पनि वैकल्पिक समीमकरण बनाउने खोजेको गलत भएको जानकारी दिएका थिए ।

‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन । अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो’ नेपालको भनाइ थियो ।

उनले सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गर्नुपर्ने बताएका थिए । ‘यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ’ उनको भनाइ थियो ।

संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन् । ‘यस बीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने, संसद्को आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए । ‘सरकार गतिविधि हेरेर सुझाव दिने कुरा भएको छ’ उनले भने, ‘आवश्यक परे प्रधानमन्त्रीलाई भेटेर बजेट र नीति तथा कार्यक्रमबारे लिखित सुझाव दिइने छ ।’

प्रकाशित : वैशाख २४, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?