कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मतपरिणामको प्रतिक्षा [तस्बिर] 

लक्ष्मी गौतम

इलाम — इलाम-२ को उपनिर्वाचनको मतगणना चलिरहेको छ । सदरमुकामको गौतम बुद्ध सिटी हलमा आइतबार मतदान सुरु भएलगत्तै देखि वरपर भीडभाड छ । मतगणनाको नतिजा सुन्न मतदाताहरु हल परिसरमा जम्मा भएका छन् भने आफू समर्थित उम्मेदवारको परिणाम सोधीखोजी गरिरहन्छन् ।

सभागृह आसपासको सडक, घरका पेटी र बारीका कान्लामा मात्रै हैन, चिया पसल र घरका छतमा समेत घन्टौँ कुरेर मतपरिणाम सुनिरहेका छन्  मतदाताहरु । इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । सोमबार साँझसम्म ४५ हजार मत गणना भइसकेको छ । अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।


प्रकाशित : वैशाख १७, २०८१ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्