कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

मतदान केन्द्रमा अधिकृतदेखि कर्मचारी सबै महिला

लक्ष्मी गौतम

इलाम — इलाम ५ को सप्तमाई वाङ्मय अध्ययन तथा अनुसन्धान मतदान केन्द्रको सम्पूर्ण जिम्मा महिलालाई दिइएको छ ।

मतदान केन्द्रमा अधिकृतदेखि कर्मचारी सबै महिला

यो केन्द्रलाई नमुना मतदान केन्द्रका रुपमा परिभाषित गर्दै मतदानको सबै जिम्मेवारी महिलालाई दिइएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

यहाँ खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला छन् ।

५ सय ४५ मतदाता रहेको यो केन्द्रमा ५ जना महिला खटाइएको छ ।

प्रकाशित : वैशाख १५, २०८१ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?