कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन
विराटनगर — असंवैधानिक तबरबाट नयाँ सरकार गठन गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङको पुतला दहन गरेका छन् ।
कांग्रेस विराटनगर महानगर कमिटीको अगुवाइमा खापुङको पुतला दहन गरिएको हो ।
कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनुलाई गलत अभ्यास भएको टिप्पणी गरेका छन् । नयाँ सरकार गठन भई मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् ।
निवर्तमान मुख्यमन्त्री केदार कार्की भने नयाँ सरकारविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च पुगेका छन् ।
तस्बिर : सुशीला पाठक/कान्तिपुर टीभी
प्रतिक्रिया