१० बोरा गाँजासहित युवक पक्राउ
विराटनगर — मोरङ प्रहरीले १० बोरा गाँजासहित सीमावर्ती जहदा गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । भारत निकासी गर्ने तयारीका लागि जहदा ३ स्थित हाथीबन्दाको मकैखेतमा गहुँको भुसमा लुकाई राखेको अवस्थामा स्थानीय २४ वर्षीय भगवान किस्कुलाई १० बोरा गाँजा (२ सय १८ किलो) सहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।