कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाघको आक्रमणबाट एक जना  घाइते

नवीन पौडेल

नवलपुर — पुर्वी नवलपरासीमा बाघको आक्रमणमा परेर एक जना व्यक्ति घाइते भएका छन् । मध्यबिन्दु नगरपालिका -५ बाघखोर बस्ने ३० वर्षका यमनारायण महतो बाघको आक्रमणबाट घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गरेको थियो । घाइते महतोको मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा उपचार हुन नसकेपछि भरतपुर पठाइएको छ ।

महतोको मुख र शरीरको बाँया भागमा चोट लागेको छ । जिल्लाको मध्यवर्ती क्षेत्र र सामुदायिक वन वरपर बाघले पशुचौपाया र मानिसलाई आक्रमण गर्नेक्रम बढेको छ ।

प्रकाशित : वैशाख १७, २०८१ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?