कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची — भुमिकास्थान नगरपालिका-५ असुरकाेटकाे कुडेपानी गाउँकाे घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिका अप्सरा विककाे जलेर मृत्यु भएको छ। 

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

खिमबहादुर विककाे घरमा सोमबार दिउँसो आगलागी भएको हो । आगलागीमा परी उनकी नातिनी अप्सराकाे जलेर निधन भएको अर्घाखाँची प्रहरी प्रमुख प्रतीत सिंह राठाेरले बताए ।

अप्सरालाई खिमबहादुरले घरमा सुताएर काम गर्न बाहिर गएको बेला घरमा लागेको आगाे लाागेकाे थियोे । स्थानीयले घर जलेको देखपछि गाउँलेले निभाउन थालेका थिए । अप्सरालाई घरभित्र जलेर डढेकाे अवस्थामा मृत शरीर फेला पारेका थिए ।

आगलागीमा खिमबहादुर र उनका छिमेकी बारबहादुर बिककाे पनि घरगाेठ जलेर नष्ट भएको राठाेरले बताए । दुई घर जल्दा घरमा रहेका अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएका छन् ।

प्रकाशित : वैशाख १७, २०८१ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?