कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएकी महिलाको हेलिकप्टरबाट उद्धार

काशीराम डाँगी

रोल्पा — गर्भ खेर गएपछि रक्तश्राव नरोकिएका कारण रोल्पा अस्तालमा भर्ना भएकी एक महिलालाई थप उपचारका लागि सोमबार रोल्पाबाट हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । आइतबार राति अति रक्तश्रावका कारण बिरामी भएर भर्ना भएकी रोल्पा नगरपालिका–४ की ३० वर्षीया पद्‌मा सेनलाई राष्ट्रपति पहिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्दार गरिएको हो । 

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएकी महिलाको हेलिकप्टरबाट उद्धार

अस्पतालका अनुसार अघिल्लो साता पद्‌माको ५ महिनाको गर्भ खेर गएको थियो । उपचारका लागि भैरहवास्थित अस्पतालमा पुर्‍याइएका बेला गर्भ खेर गएको थियो । त्यहाँ रक्तश्राव रोकिएपछि डिस्चार्ज भएर घरमा आइकी उनी पुनः रक्तश्राव भएपछि आइतबार राति रोल्पा अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक शर्मिला आचार्यले रक्तश्राव नरोकिएकाले थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा पठाइएको बताइन् । रोल्पा अस्प्तामा उनलाई ८ पोका रगत चलाइएको थियो ।

अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बिरामीको अवस्था नाजक भएकाले हेलिकप्टर मार्फत् उद्धार गरिएको बताए । उनलाई रोल्पाबाट साढे ३ बजे स्वास्थ्यकर्मीसहित पठाइएको थियो ।

बिरामी सकुशल सुर्खेत पुर्‍याइएकी छन् । बिरामीलाई अस्पतालमा चिकित्सक समक्ष पठाइएको रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए । रक्तश्राव अत्यधिक भइरहेकी बिरामी पदमाका यसअघि दुई सन्तान छन् ।

रोल्पा अस्पताल अत्याधुनिक नयाँ भवनमा संचालित भएपनि पर्याप्त दरबन्दी अनुसार चिकित्सक नभएकाले बिरामीलाई बाहिर रेफर गर्नुपर्ने अवस्था छ । महिला तथा बालबालिकाको रोगको उपचार गर्न चिकित्सक छैनन् ।

साथै ११ औं तहका चिकित्सकलाई अस्पताल प्रमुखमा सरकारले नपठाएका कारण निमित्तका भरमा अस्पताल संचालन हुँदै आएको छ ।

प्रकाशित : वैशाख १७, २०८१ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?