२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न १३ भारतीय पक्राउ

घनश्याम गौतम

बुटवल — बुटवलमा फ्ल्याट भाडामा लिएर अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले १३ जना भारतीयलाई सोमबार पक्राउ गरेको छ । 

बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न १३ भारतीय पक्राउ

बुटवल उपमहनगरपालिका–९ कालिकानगरको कालिकापथमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने भारतीयहरुका विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउपर्ने मध्ये अधिकांश युवा छन् । उनीहरुले फ्ल्याट भाडामा लिएर अबाञ्छित गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मार्ने क्रममा १३ जना भारतीय युवाहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले बताए ।

पक्राउ परेका युवाबाट उनीहरुले प्रयोग गर्ने गरेको मोबाईल र सट्टेबाजीका लागि आवश्यक पर्ने सामाग्री बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको डिएसपी पण्डितले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?