२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनमा

रुपा गहतराज

नेपालगञ्ज — नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी) सोमबारदेखि सञ्चालनमा आएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट दुई वटा ट्रकमा सामान पठाएर जाँच चौकीको  शुभारम्भ गरे । 

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनमा

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएसँगै व्यापार सहजीकरण हुने बताए । एकीकृत भन्सार जाँच चौकीको औपचारिक रूपमा सञ्चालनमा आए पश्चात दुई देश बीचको व्यापारमा सहजीकरण हुनेछ ।

'एकीकृत जाँच चौकी सञ्चालनमा आएसंगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजश्वमा वृद्धि हुने छ,’ उनले भने ,‘एकीकृत जाँच चौकीको प्रयोगले व्यापारमा हुने असन्तुलनलाई पनि नियन्त्रण गर्ने छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले एकै ठाउँबाट सेवा दिइने भएकाले व्यापारमा सहजता आउने बताए । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले नेपाल र भारतको आयात र निकासी एकद्वार प्रणालीबाट हुने भएकाले व्यापारमा सहजता आउने बताए ।

नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यहाँ आयाततर्फ दुईवटा र निर्याततर्फ ७५ वटा ट्रकका लागि पार्किङ क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टाइन, भन्सार, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका संरचनाका लागि भवन बनेका छन्।

८८ विगाहमा फैलिएको जाँच चौकीको लागत करिव दुई सय करोड भारतीय रुपैयाँ रहेको छ। एकीकृत जाँच चौकी नेपाल–भारत दुवैतर्फ निर्माण भएको छ । नेपालतर्फ जग्गा नेपाल सरकारले छुट्याएपनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो ।

भारतले निर्माण सकेपछि संघीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरेपछि इकाइले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई आइसीपी हस्तान्तरण गरेको थियो ।

प्रकाशित : वैशाख २४, २०८१ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?