२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । 

इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीका अनुसार ठुलो परिमाणमा लागूऔषध लिएर जाँदै गरेको भन्ने सूचनाका आधारमा लागूऔषध कारोबारीलाई रोक्न खोज्दा भागेपछि लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले जानकी गाउँपालिका-६ स्थित पिप्रहवामा गोली चलाएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले नेपालगन्जबाट भे ६ प ६२०६ र भे ५ प ३१३५ नम्बरको स्कुटरमा कोहलपुरतर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा कोहलपुर-१२ चप्परगौडीका २६ वर्षीय सुशील परियारको साथबाट ११४ .२६० ग्राम ब्राउन सुगर फेला परेपछि भाग्न खोज्दा प्रहरीले परियारको देब्रे खुट्टामा गोली चलाएको इलाका प्रहरी प्रमुख भण्डारीले बताए ।

प्रहरीका अनुसार कोहलपुर-१२ चप्परगौडीका २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ११४.२६० ग्राम ब्राउन सुगर र दुई वटा स्कुटर समेत बरामद गरेको जनाएको छ ।

गोली लागेका परियारको उपचारपछि प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०८१ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?