२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

यार्सा टिप्न जाँदा लेक लागेर मृत्यु 

काठमाडौँ — मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा लेक लागेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुम्ला पातारासी गाउँपालिका-३ का अन्दाजी २६ वर्षका सुर्ज रावतको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार यार्सा टिप्न जाने क्रममा लेक लागेर अकस्मात बिरामी परेका रावतलाई आफन्तले पुलु स्वास्थ्य चौकीमा ल्याएका थिए । त्यहाँ सामान्य उपचारपछि जिल्ला अस्पताल ठिनीमा ल्याउँदै गर्दा रावतको रिउसबगरमा मृत्यु भएको छ ।

पाटनमा यार्सा टिप्न जाँदा हाइअल्ट्रीच्यूतले अकस्मात बिरामी हुने र तत्काल औषधि उपचार उद्धार नहुँदा बर्सेनि यार्सा संकलकको ज्यान जाने गरेको छ । मुगुम कार्मारोङले जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा टिप्न स्थानीयलाई अनुमति दिने निर्णय गरिएपनि लुकिछिपी यार्सा टिप्न पाटन जान थालेको पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

प्रकाशित : वैशाख २७, २०८१ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?