कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

बझाङ — ६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा पुन: एमाले अगाडि लागेको छ । सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार दमनबहादुर भण्डारीले तोडेका हुन् । उनी ९ मतले अगाडि रहेका छन् । भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । 

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

यस्तै माओवादीका जनक बुढाले ३ हजार ६ सय ६३ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म २६ हजार २ सय १८ मत गनिसकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका उम्मेदवारले तीनपल्ट र एमालेका उम्मेदवारले चार पटक जितेका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?