कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

काममा ढिलासुस्ती आएपछि घिसिङको निर्देशन

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनिक काय अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

काममा ढिलासुस्ती आएपछि घिसिङको निर्देशन

सोमबार सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्राचार गरी उक्त निर्देशन दिइएको हो ।

कार्य सम्पादनको सिलसिलामा राखेपमा पेस हुन आएका पत्र, फाइललगायतका कागजात कारबाही प्रक्रियामा ढिलासुस्ती भएको जनगुनासो आएकाले तत्काल गुनासो सम्बोधन गर्न भनिएको छ ।

आगामी दिनमा राखेपका काम, कारवाही चुस्त दुरुस्त रूपमा सम्पादन गर्न सबै विभाग तथा शाखालाई वित्तीयसम्बन्धी भए बढीमा ५ दिन र अन्य प्रकृतिका भए बढीमा ३ दिनभित्र अनिवार्य काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

प्रकाशित : वैशाख १७, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?