सूर्यकुमारको शतकमा मुम्बईको जित
काठमाडौँ — सूर्यकुमार यादवको नटआउट शतकमा मुम्बई इन्डियन्सले सोमबार सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । यो जितले मुम्बईको प्लेअफ खेल्ने झिनो सम्भावना कायम रहेको छ ।
जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याइरहेको मुम्बई एक समय तीन विकेट गुमाएर ३१ रनको स्थितिमा थियो । त्यही स्थितिबाट सूर्यकुमारले तिलक वर्मासँग १ सय ४३ रनको निर्णायक नटआउट साझेदारी गरे ।
सूर्यकुमारले विजयी छक्का पनि प्रहार गरे र मुम्बई १७.२ ओभरभित्र जितसम्म पुगेको थियो । ‘प्लेयर अफ द म्याच’ सूर्यकुमारले ५१ बलमा १२ चौका र छ छक्का प्रहार गरे । यसअघि हैदराबादले आठ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।
प्रतिक्रिया