१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

नोर्गे र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । १९५१ मे २९ मा ११ बजेर ३० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका नोर्गे र हिलारी करिब १५ मिनेट बसेपछि ओर्लन सुरु गरेका थिए ।

सगरमाथाको दक्षिणपूर्वी क्षेत्रबाट आरोहण गरेका उनीहरूलाई ८ हजार ८ सय ४८ (हाल ८८४८.८६) मिटर अग्लो चुचुरोमा पुग्न १६ दिन लागेको थियो । नोर्गे र हिलारीले आरोहण गरेको २२ वर्षपछि मात्र पहिलो महिला जापानकी जुन्को ताबेई सगरमाथा शिखरमा पुगेकी थिइन् । प्रथम आरोहणयता ७ हजारभन्दा बढी पर्वतारोहीले सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । आरोहणका क्रममा तीन सयभन्दा बढी पर्वतारोहीले ज्यान गुमाइसकेका छन् । १५ औं चुलीका नाममा परिचित हिमाललाई १८६५ मा ब्रिटिस सर्भेयर सर जर्ज एभरेस्टका नाममा ‘माउन्ट एभरेस्ट’ नामकरण गरिएको थियो । १९५६ (विसं २०१२) मा इतिहासशिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् ।


प्रकाशित : वैशाख २७, २०८१ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?