कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोहा नगरद्वारा ९५० किलो दूषित च्याउ संकलित

दोहा — दोहा नगरपालिकाले विषालु ब्याकटेरियाले प्रदूषित ९ सय ५० किलो निर्यातित च्याउ बजारबाट संकलन गरेको एक स्थानीय

अरबिक दैनिकले जनाएको छ ।  बिक्रीका लागि लानु अघि वातावरण मन्त्रालयमा सरोकारवालालाई राखेर गरिएको प्रयोगशाला परीक्षणमा ती खाद्य सामग्री हानिकारक भएको पत्ता लागेको थियो । ८ सय किलो र १ सय ५० किलोका ती च्याउ होलान्डबाट ल्याएर दक्षिण कोरियामा उत्पादन गरेको देखियो ।  
युरोपियन युनियनको र्‍यापिड अलर्ट सिष्टम फर फुड एण्ड फिड (आरएएफएफ) ले उक्त सामग्रीमाथि लगाएको प्रमाण पत्रमा दोहा पुग्दासम्म दूषित हुने संभावना व्यक्त गरिएकोले अधिकारीहरूले केही नमुना लिएर परीक्षण गरेका थिए । होलान्ड र दक्षिण कोरियाका ती दुई कम्पनी च्याउ र अन्य उत्पादनको निर्यातमा अग्रणी मानिन्छ । उनीहरूद्वारा उत्पादित वस्तु दूषित फेला पारिएको पहिलो पटक हो । उनीहरूले थाहै नपाई निर्यात गरेको हुनाले कुनै कारबाही नभएको नगरपालिकाले स्पष्ट पारेको छ ।

प्रकाशित : जेष्ठ १, २०७१ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?