कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

दोहा — कतार सरकारबाट आममाफी पाएर डिपोर्टटेसन सेन्टर (फिर्ती केन्द्र) मा भएका ६ जना नेपालीको साथमा पासपोर्ट नहुँदा घर फिर्न पाएका छैनन् ।

पासपोर्ट नभएर जेलबाट घर फिर्न पाएनन्
दोहा— केन्द्रको ब्लक नम्बर १ मा बसेका नेपालीलाई कम्पनी र मालिकले गएर पासपोर्ट नबुझाएकोले उनीहरू घर फिर्न नपाएको हो । उनीहरूलाई सेन्टर जेलबाट घर फिर्नका लागि गत जुलाई १ फिर्ती केन्द्रमा लगिएको थियो ।
घर फिर्न नपाएकाहरूमा पोखराका किशोर परियार, बाग्लुङका नारायण चापागाई, मोरङका राजेश पाण्डे, धादिङका इन्द्र गुरुङ, मोरङका सन्तबहादुर लिम्बु, सिरहाका मोहमद मुजिबल रायन रहे्का छन् । टिकटको अभावमा भने राहदानी भएर पनि राजकुमार तामाङ केन्द्रमै छन् ।
उनीहरूलाई राहदानीका लागि व्यवस्था गर्न नेपाली दूतावासलाई बारम्बार भन्दै आए पनि सहयोग नमिलेको गुनासो गरेको छन् । 'हामी एक महिना भइसक्यो केन्द्रमा आएर बसेको', परियारले भने, 'कम्पनीले रेस्पोन्स गर्दैन । दूतावासले सहयोग गर्दैन ।'
कार्यबाहक राजदूत गणेश ढकालले सम्बन्धित पक्षसँग यो विषयमा पहल गर्ने कान्तिपुरलाई बताए ।

दिलमायालाई एक लाख सहयोग

दोहा— कतार नेभिगेसन कम्पनीमा कार्यगत दंगालीहरूको बचत समूह जनभावना बचत समूहको संयोजकत्वमा दिलमाया रोका बचाउ अभियान सुरु भइरहेको छ । यो समूहले रकम संकलन गरी झन्डै एक लाख रुपैयाँ दिलमायालाई पठाइको छ । यो समूहले विभिन्न कम्पनीमा काम गर्ने नेपालीसँग रकम संकलन गरी पठाएको थियो ।  उनीहरूले उठाएको रकम पीडितलाई प्रभु मनीबाट नेपालमा पैसा पठाइएको हो ।

प्रकाशित : भाद्र ८, २०७१ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?